पर्खाइ

तिमी उठेर जान खोज्यौ
मैले आत्तिएर तिम्रो हात समाएँ
तिमीले पर्खिन भन्यौ र हिड्यौ
म एक्लै बसिरहेँ तिमी गएतिर हेर्दै

खाली ठाउँ देखेर झुक्किये कती
छेउमा आए, बस्न खोजे
मैले दियिन
तिमी छौ, आउछौ भनेँ
सामान राखेर ओगटेँ ठाउँ

पछी पछी सबैले हार खाए
कोइ आएनन, कसैले सोधेनन
न त तिमी आयौ  

एक्दिन कोही आयो कतैबाट
देख्दैमा तिमीजस्तै प्यारो
एस्सो छेउमा बस्न खोज्यो
ओगटिएको ठाउँ देख्यो
अल्मलियो
मैले सामान पन्साएँ

उतिर हेरेर हासेँ।  

Total Pageviews