एकदिन मनोबिज्ञान बिभागमा

मेरी एउटी साथी साइकोलोजीकी बिध्यार्थी छ। उस्लाई म खुब साइको साइको भनेर उडाउछु तर मलाई यो बिषय धेरै मन पर्छ। उनिहरुले कोर्समा पढ्नुपर्ने बिषय देखेर म दँग्ग पर्छु। अस्ती भर्खर को कुरा हो उस्ले मलाई कुरैकुरामा भनी-'मलाई तेरो हेल्प चाईया छ जाँचको प्राक्टिकलको लागि'। मैले भनेँ-'हुन्छ नि सकेको गर्दिहाल्छु नि, तर मैले गर्नु पर्ने चै के हो?'। उस्ले 'मेरो सब्जेक्ट बन्नु पर्छ,मैले जे जे भने त्ये त्ये गर्नुपर्छ' भनी। म वाल्ल परें। मलाई मुन्ना भाई एम बि बि एस को सब्जेक्ट याद आयो झट्ट। अली डर डर पनि लागो। के के अराउने हो? आफुले जानिन्छ कि जानिदैन? मैले नजान्दा साथी फेल हुने पो हो कि? जस्ता कुराहरु मनमा आए। फेरी आफ्नु पनि जाँच आउन लागेको थ्यो। अरुले भन्या भये जान्नथे तर उ मलाई साह्रै मनपर्ने साथी फेरी अलिकती चै मलाई के हुदोरैछ भनेर हेर्न पनि मन लागो त्ये भर हुन्छ आउछु भने।

                                                    my college :)

जाने दिन नि आयो। के गर्नुपर्ने हो भनेर था नभको भएर म तेसै दँग थे। कती खेर सुरु होला के के गर्नु पर्ला भनेर सोच्दैथे। जाँच सुरु भयो। सबैभन्दा पैला मलाई ४ वटा चित्र देखाये। अनी यो चित्र हेरेर एस्को बारे कथा लेख भने। म कथा लेख्न थाले। पैलो कथा एक पन्ना भयो। त्यो देखेर साथी तर्सिहाली। मलाई पछाडिबाट घोच्न थाली, अली छिट्टो लेख, अली छोटो लेख भन्दैथी सरले सुनेर थर्काये-'वहाँलाई आफ्नै सुरमा लेख्न दिनुस्'। साथी हल्का दच्की, तर फेरी सर जाने बित्तिकै सुरु भईहाली। कसो कसो गर्दै ४ वटा कथा लेख्न भ्याये। आँफै पढेर आँफै दँग परें। साथीलाई जिस्क्याएँ पनि-'खत्रा कथा लेखेछु मलाई नसोधी कतै छाप्ने होइन नि त्या' सबै हासे। अर्को एक्जनालाई पनि मैलाई जस्तै चार वटा चित्र देकोथ्यो। उस्ले एउटै पन्नामा चारै वटा कथा अटाएछ। उस्लाई सब्जेक्ट बनाएर ल्याउने केटाको काम छिट्टै सकियो। साथीले मलाई आँखा तर्दै भनी-'महाभारत नै लेख्नुपर्छ तलाई?' मैले भने-'अब कथा लेख भनिस, कत्रो लेख्नु भनिनस त, मैले पनि होला त नि भनेर लेखे नि सक्दो! कस्ले तलाई अँग्रेजी साहित्यको बिध्यार्थीलाई लेर आइज भनो त, अब अली अली बगेछु त के गरौ'? उ ठुस्स पर्दै मेरो स्टोरी एनालाइसिस गर्न थाली। उस्की एउटी साथी आएर मेरो कथा पढ्न थाली। पढिसकेपछी भनी-'तिम्रा चार वटै कथामा happy ending छैनरछ। तिमी ऐले खास्सै खुशी छैनौ। तिमीलाई कुनै कुराको पिर रैछ मनमा'भन्दी। मैले हतार हतार होइन भनेँ। उस्ले फेरी भनी-'तिमिले छैन भनेर हुन्न मैले देखिसकेँ तिम्रो हरेक कथाको थिम lost love छ। तिम्रो love life राम्रो छैन, भन्नु मन छैन भने नभन, मलाई ढाटे त केइ हुन्न आफुलाई नढाट है।' एती भनेर मेरो कुममा थप्थपाएर उ गइ। म छक्क परें। मलाई उस्ले कैले चिनेकै छैन। मेरो जीवनमा के के भैरको छ उस्लाई था छैन। म यहाँ आएर सबैजाना सँग रमाइलो गरी कुरा गरिरथे। सबैसँग घुलमिल भएँ। उस्ले कसरी मलाई त्यस्तो भन्न सकी? मेरी साथीले भन्या भये म हावामा उदाइदिन्थेँ। तर त्यो अन्जानले त्यस्तो भनेको देखेर म धेरै चिन्तित भएँ। साँचै अब मैले आफ्नु ख्याल अली बडी राख्नुपर्ने बेला भयो जस्तो लाग्यो।

                                                            psychology department's wall
                                                   
अर्को काम झन रमाइलो थ्यो। ऐनामा हेरेर हातमा नहेरी चित्र बनाउनुपर्ने। त्यो काम सोचेजती सजिलो नहुदो रैछ। ऐनामा सबैकुरा उल्टो। तल धर्का तान्न खोजो माथि तिर तान्निन्छ। बल्ल बल्ल एउटा बाँगो टेडो तारा बनाइसकेँ। एस्तै एस्तै उनिहरुले भनेको सबै कुराहरु सकेर म घर आएँ। मलाई त्यो केटीको कुरा बाटो भरी याद आइरह्यो। उनिहरुको बिषयप्रती झनै उत्सुक्ता बढेर आयो। तेसै मनोबिज्ञान भनेका होइन रछन। नयाँ अनुभव बटुल्न पाएकोमा खुशी लाग्यो।        

                                                              and here comes psycho ;)

Total Pageviews