छाता























तिमी र म हिड्ने
बाटो एउटै
गन्तब्य एउटै
त्यसैले होला
छाता पनि एउटै

म हिड्दै गर्दा
पछिल्तिरबाट दौडिदै आउथ्यौ तिमी
र हतार हतार मेरो छाता मुनि पस्नेगर्थ्यौ
म कहाँ सक्थें र?
तिम्रो कुममा कुम मिलाएर हिंड्न
तिमीलाई राम्ररी ओताउन
अनी तिमी पुड्की भनि जिस्क्याउथौ
र छाता आफ्नो हातमा लिन्थ्यौ

बिस्तारै पाइला चाल्दै हिडथ्यौं
रमाइला कुरा गर्थ्यौ
जति बिस्तारो पाइला चाल्यो
त्यतिनै चाँडो पुगेजस्तो
मन मिलेको साथी भएपछी
त्यस्तै हुदो हो शायद

तिमीसँग हिड्ने बानी परेकी म
आज जब एक्लै हिड्छु
कहिले आधा पाटो डड्छु
कहिले आधा पाटो भिज्छु
कहीले आफूलाई बिस्तरी हिंडेको पाउँछु
अनी झस्केर छाता सम्हाल्छु
तिमीलाई सम्झिदै
 छिटो छिटो पाइला चाल्छु।





Total Pageviews