म उस्लाई मन पराउन सक्दिन

उ सुन्दर छे
को होला र,
मन नपराउने
हाँस्दा पर्ने उस्का गालाका खोपिल्टा

उस्ले मलाई चिनेकी छे
चिनाएको तिमीले नै हो
अप्ठ्यारो मान्दै,
साथीको नाता लगाएका थियौ
उ मलाई हेरेर हाँसि
म पनि हाँसिदिए फिस्स

कसैले उस्लाई राम्री भन्दिदा
म हो मा हो मिलाउन सक्दिन
जब देख्छु उस्को सिउदोको सिन्दुर
तिमीले दिएको, तिम्रो नामको
अनायसै,
उस्का गालाका खोपिल्टा
काला गुफामा परीणत हुन्छन
सुन्दरता बिलाएर कुरुप बन्छ
र,
म उस्लाई मन पराउन सक्दिन।
















Also see:
Satamedi
Diteez
Yug zee Tah
Bhangbari



Total Pageviews