तिमी
सधैं त्यो नामको अगाडि हरियो बत्ती देखेर एस्सै दङ पर्थी उ। उस्लाई च्याट गर्न मन कती लाग्थ्यो तर कैले पनि उस्ले केइ लेख्न सकिन। लेख्न त लेखी तर पठाउन सकिन। त्यो मान्छेले एक्पल्ट झुक्केर उस्को कुनै पोस्ट लाइक मात्रै गर्दियो भने उस्को दिन नै राम्रो हुन्थ्यो। तर त्यस्तो बर्षमा एक्पल्ट मात्र घट्ने आस्च्रर्य जनक घटना हुन्थ्यो। त्यही मान्छेले हिजो उस्लाई भोली मलाई भेट्न आउ है भन्दा उस्ले त्यो म्यासेज धेरैपल्ट पढेर मात्रै विश्वास गरी। उस्ले कतै केइ नसोची हुन्छ भनी।
त्यो मान्छे उस्कोलागी के हो त्यो उसैलाई मात्र था छ। सधैं सोच्छे'उस्को मुटुमा बिर्को छैन त्यो अझ तलतिर घोप्टिएको छ होला त्ये भएर त सारा प्रेम त्तेही एउटा मान्छेमा खनिएको छ। उस्ले धेरै पल्ट भन्ने कोशीस गरेकै हो तर कहाँ तेत्रो हिम्मत हुनु र। कुनै जादु भइदिये, उस्ले था पाइदिए, अझ उस्को मनमा पनि तेस्तइ बिचार भईदिये। तर त्यो जादु कैले भएन। उ त सधैं उस्की ज्ञानी साथी मात्र हुन सकेकी थि। उस्लाई त कही कतै थोरै सपनामा पनि सोच आउँदैन होला उस्ले केइ सोध्दा ठीक सँग उत्तर दिन नसक्ने केटीको मनमा प्रेम होला।
कसो कसो तयार भएर एक घण्टा ऐना अगाडि उभिएर बल्ल बल्ल उ हिनी। उस्ले बोलाको ठाउँमा १० मिनेट अगाडि नै पुगी। २ बज्यो उ आएन। उस्लाई कहाँ अैपुग्येउ भनेर फोन गरेर सोध्न आँट आएन,कुरेरै बसी। ३ बजे पनि उ आइनपुगेपछी डराइ डराइ फोन गरी, फोन काटियो फेरी फोन गरी फेरी पनि काटियो। तेस्रो पल्ट फोन गर्ने आँट आएन म्यासेज गरी र कुरिरको सुचना दी। उताबाट उत्तर आयो ' मैले तिमीलाई भेट्न बोलाको बिर्सेंछु अफिसमा मीटिङमा छु आउन पाइन तिमी जाउ। सरी। उस्ले केइ उत्तर लेख्नै सकिन। उ घर फर्किने गाडी चढि। बाटोमा उ बिहान आफुले गरेको मेहेनत, उस्लाई देख्न पाउने खुशी, उस्ले के भन्न बोलाकोहोला भन्ने उस्को आफ्नै अड्कल्बाजी सम्झेर एक्लै हाँस्दैथी। हाँस्दा हाँस्दै उस्का आँखा धमिला भये। गाडीका मान्छेले देख्लान भनेर ब्यागमा घोप्टो परी।
Subscribe to:
Posts (Atom)