-लुना भट्टराई
शहर
अध्यारो छ
चिसो छ
अनी
त्यस्तै छ तिम्रो मन,
सबै भन्छन
यो शहर
सपनाको शहर
मायाको शहर
खुशीको शहर
तर
मलाई कहिले आफ्नु बनाएन
जसरी
तिमीले आफ्नु ठानेनौ
जस्तो तिम्रो मन छ रित्तो
त्यस्तै छ
यो शहर
चिसो अध्यारो ।
-लुना भट्टराई
म उभीएकी छु छतमा
हामीले बनाएको
हाम्रो सपनाको
हाम्रो मेहेनतको
खुशी भेटेकीछु मैले
सपना देखेकीछु मैले
माया छ
विश्वाश छ
संकल्प छ
र,
त्यस्मा उभिएको छ
हाम्रो छत