आस्चर्य

तिमीलाइ म मन पर्दैन
शिर देखि पाउ सम्म,
मेरा आँखा
जो तिमीलाइ हरेकपल्ट हेर्दा
प्रेमले भरीएका हुन्छन्
तिमीलाइ ती प्रेमिल् आँखासम्म मन पर्दैनन्। 

मेरोलागी तिमी सँसारकै सबैभन्दा सुन्दर पुरुष
मेरा हरेक नौटङ्की हेर्ने तिम्रा आँखा
मेरा गनगन सुन्ने तिम्रा कान
हरदिन सताइ रहने मलाई सहने तिम्रो स्वभाव 
तिम्रो सम्पुर्ण अस्तित्व सँग प्रेम छ मलाइ

एक अर्कोप्रती एस्तो बिपरीत भावना लिएका हामी
अचम्मसँग हरक्षण सँगै हुन्छौँ
धन्न छ तिम्रो सहनशक्ती
यदी मेरो ठाउँमा तिमी अनि तिम्रो ठाउँमा म हुँदोहुँ त
म तिम्रो छाया सम्म सहन्नथिएँ.....

अन्धकार

मैले राजिनामा लेखेर
तिमीलाइ दिनै नपाइ
कैले कैले स्विक्रित गरेछौ
मेरो ठाउमा अर्कैलाइ राखेछौ!
म भने थाहै नपाइ
आफ्नो डिउटी गर्दैथिएँ!

पर्खाइ

तिमी उठेर जान खोज्यौ
मैले आत्तिएर तिम्रो हात समाएँ
तिमीले पर्खिन भन्यौ र हिड्यौ
म एक्लै बसिरहेँ तिमी गएतिर हेर्दै

खाली ठाउँ देखेर झुक्किये कती
छेउमा आए, बस्न खोजे
मैले दियिन
तिमी छौ, आउछौ भनेँ
सामान राखेर ओगटेँ ठाउँ

पछी पछी सबैले हार खाए
कोइ आएनन, कसैले सोधेनन
न त तिमी आयौ  

एक्दिन कोही आयो कतैबाट
देख्दैमा तिमीजस्तै प्यारो
एस्सो छेउमा बस्न खोज्यो
ओगटिएको ठाउँ देख्यो
अल्मलियो
मैले सामान पन्साएँ

उतिर हेरेर हासेँ।  

If Only



I was reading a fairy tale about frog prince
you came from somewhere
snatched my book and threw it away
you came closer
I closed my eyes
I felt your warm lips on mine
I was feeling beautiful in your arms

when I opened my eyes 
you  were gone
I ran to the mirror
and there,
I saw one ugly girl's image

तिमी


उस्को कोठा आज अस्तब्यस्त छ भुइ भरी लुगा छरिएका। उस्को दराज रित्तिनलागिसक्यो तर उस्ले एउटा पनि ढंगको लुगा भेटिन। भर्खर १० बज्यो। अझै ४ घण्टा बाँकी छ तर उस्लाई आज धेरै हतार छ तयार हुनलाई। हुन त उस्लाई लगाउने कुरामा त्यस्तो सारो ध्यान हुन्नथ्यो अरुबेला। आज दिन नै अली खास भर मात्रै हो। आमाले ३ पल्ट भो हेरेर गको उस्लाई अफ्ठ्यारो लाग्यो तर कसो कसो कुरो टारी। आजको दिनमा लगाउने जस्तो एउटा पनि लुगा फेला पार्न नसकेर दिक्क मान्दै पहिलाका कुराहरु सम्झिन थाली।

सधैं त्यो नामको अगाडि हरियो बत्ती देखेर एस्सै दङ पर्थी उ। उस्लाई च्याट गर्न मन कती लाग्थ्यो तर कैले पनि उस्ले केइ लेख्न सकिन। लेख्न त लेखी तर पठाउन सकिन। त्यो मान्छेले एक्पल्ट झुक्केर उस्को कुनै पोस्ट लाइक मात्रै गर्दियो भने उस्को दिन नै राम्रो हुन्थ्यो। तर त्यस्तो बर्षमा एक्पल्ट मात्र घट्ने आस्च्रर्य जनक घटना हुन्थ्यो। त्यही मान्छेले हिजो उस्लाई भोली मलाई भेट्न आउ है भन्दा उस्ले त्यो म्यासेज धेरैपल्ट पढेर मात्रै विश्वास गरी। उस्ले कतै केइ नसोची हुन्छ भनी।

त्यो मान्छे उस्कोलागी के हो त्यो उसैलाई मात्र था छ। सधैं सोच्छे'उस्को मुटुमा बिर्को छैन त्यो अझ तलतिर घोप्टिएको छ होला त्ये भएर त सारा प्रेम त्तेही एउटा मान्छेमा खनिएको छ। उस्ले धेरै पल्ट भन्ने कोशीस गरेकै हो तर कहाँ तेत्रो हिम्मत हुनु र। कुनै जादु भइदिये, उस्ले था पाइदिए, अझ उस्को मनमा पनि तेस्तइ बिचार भईदिये। तर त्यो जादु कैले भएन। उ त सधैं उस्की ज्ञानी साथी मात्र हुन सकेकी थि। उस्लाई त कही कतै थोरै सपनामा पनि सोच आउँदैन होला उस्ले केइ सोध्दा ठीक सँग उत्तर दिन नसक्ने केटीको मनमा प्रेम होला।

कसो कसो तयार भएर एक घण्टा ऐना अगाडि उभिएर बल्ल बल्ल उ हिनी। उस्ले बोलाको ठाउँमा १० मिनेट अगाडि नै पुगी। २ बज्यो उ आएन। उस्लाई कहाँ अैपुग्येउ भनेर फोन गरेर सोध्न आँट आएन,कुरेरै बसी। ३ बजे पनि उ आइनपुगेपछी डराइ डराइ फोन गरी, फोन काटियो फेरी फोन गरी फेरी पनि काटियो। तेस्रो पल्ट फोन गर्ने आँट आएन म्यासेज गरी र कुरिरको सुचना दी। उताबाट उत्तर आयो ' मैले तिमीलाई भेट्न बोलाको बिर्सेंछु अफिसमा मीटिङमा छु आउन पाइन तिमी जाउ। सरी।  उस्ले केइ उत्तर लेख्नै सकिन। उ घर फर्किने गाडी चढि। बाटोमा उ बिहान आफुले गरेको मेहेनत, उस्लाई देख्न पाउने खुशी, उस्ले के भन्न बोलाकोहोला भन्ने उस्को आफ्नै अड्कल्बाजी सम्झेर एक्लै हाँस्दैथी। हाँस्दा हाँस्दै उस्का आँखा धमिला भये। गाडीका मान्छेले देख्लान भनेर ब्यागमा घोप्टो परी।       












       

एकदिन मनोबिज्ञान बिभागमा

मेरी एउटी साथी साइकोलोजीकी बिध्यार्थी छ। उस्लाई म खुब साइको साइको भनेर उडाउछु तर मलाई यो बिषय धेरै मन पर्छ। उनिहरुले कोर्समा पढ्नुपर्ने बिषय देखेर म दँग्ग पर्छु। अस्ती भर्खर को कुरा हो उस्ले मलाई कुरैकुरामा भनी-'मलाई तेरो हेल्प चाईया छ जाँचको प्राक्टिकलको लागि'। मैले भनेँ-'हुन्छ नि सकेको गर्दिहाल्छु नि, तर मैले गर्नु पर्ने चै के हो?'। उस्ले 'मेरो सब्जेक्ट बन्नु पर्छ,मैले जे जे भने त्ये त्ये गर्नुपर्छ' भनी। म वाल्ल परें। मलाई मुन्ना भाई एम बि बि एस को सब्जेक्ट याद आयो झट्ट। अली डर डर पनि लागो। के के अराउने हो? आफुले जानिन्छ कि जानिदैन? मैले नजान्दा साथी फेल हुने पो हो कि? जस्ता कुराहरु मनमा आए। फेरी आफ्नु पनि जाँच आउन लागेको थ्यो। अरुले भन्या भये जान्नथे तर उ मलाई साह्रै मनपर्ने साथी फेरी अलिकती चै मलाई के हुदोरैछ भनेर हेर्न पनि मन लागो त्ये भर हुन्छ आउछु भने।

                                                    my college :)

जाने दिन नि आयो। के गर्नुपर्ने हो भनेर था नभको भएर म तेसै दँग थे। कती खेर सुरु होला के के गर्नु पर्ला भनेर सोच्दैथे। जाँच सुरु भयो। सबैभन्दा पैला मलाई ४ वटा चित्र देखाये। अनी यो चित्र हेरेर एस्को बारे कथा लेख भने। म कथा लेख्न थाले। पैलो कथा एक पन्ना भयो। त्यो देखेर साथी तर्सिहाली। मलाई पछाडिबाट घोच्न थाली, अली छिट्टो लेख, अली छोटो लेख भन्दैथी सरले सुनेर थर्काये-'वहाँलाई आफ्नै सुरमा लेख्न दिनुस्'। साथी हल्का दच्की, तर फेरी सर जाने बित्तिकै सुरु भईहाली। कसो कसो गर्दै ४ वटा कथा लेख्न भ्याये। आँफै पढेर आँफै दँग परें। साथीलाई जिस्क्याएँ पनि-'खत्रा कथा लेखेछु मलाई नसोधी कतै छाप्ने होइन नि त्या' सबै हासे। अर्को एक्जनालाई पनि मैलाई जस्तै चार वटा चित्र देकोथ्यो। उस्ले एउटै पन्नामा चारै वटा कथा अटाएछ। उस्लाई सब्जेक्ट बनाएर ल्याउने केटाको काम छिट्टै सकियो। साथीले मलाई आँखा तर्दै भनी-'महाभारत नै लेख्नुपर्छ तलाई?' मैले भने-'अब कथा लेख भनिस, कत्रो लेख्नु भनिनस त, मैले पनि होला त नि भनेर लेखे नि सक्दो! कस्ले तलाई अँग्रेजी साहित्यको बिध्यार्थीलाई लेर आइज भनो त, अब अली अली बगेछु त के गरौ'? उ ठुस्स पर्दै मेरो स्टोरी एनालाइसिस गर्न थाली। उस्की एउटी साथी आएर मेरो कथा पढ्न थाली। पढिसकेपछी भनी-'तिम्रा चार वटै कथामा happy ending छैनरछ। तिमी ऐले खास्सै खुशी छैनौ। तिमीलाई कुनै कुराको पिर रैछ मनमा'भन्दी। मैले हतार हतार होइन भनेँ। उस्ले फेरी भनी-'तिमिले छैन भनेर हुन्न मैले देखिसकेँ तिम्रो हरेक कथाको थिम lost love छ। तिम्रो love life राम्रो छैन, भन्नु मन छैन भने नभन, मलाई ढाटे त केइ हुन्न आफुलाई नढाट है।' एती भनेर मेरो कुममा थप्थपाएर उ गइ। म छक्क परें। मलाई उस्ले कैले चिनेकै छैन। मेरो जीवनमा के के भैरको छ उस्लाई था छैन। म यहाँ आएर सबैजाना सँग रमाइलो गरी कुरा गरिरथे। सबैसँग घुलमिल भएँ। उस्ले कसरी मलाई त्यस्तो भन्न सकी? मेरी साथीले भन्या भये म हावामा उदाइदिन्थेँ। तर त्यो अन्जानले त्यस्तो भनेको देखेर म धेरै चिन्तित भएँ। साँचै अब मैले आफ्नु ख्याल अली बडी राख्नुपर्ने बेला भयो जस्तो लाग्यो।

                                                            psychology department's wall
                                                   
अर्को काम झन रमाइलो थ्यो। ऐनामा हेरेर हातमा नहेरी चित्र बनाउनुपर्ने। त्यो काम सोचेजती सजिलो नहुदो रैछ। ऐनामा सबैकुरा उल्टो। तल धर्का तान्न खोजो माथि तिर तान्निन्छ। बल्ल बल्ल एउटा बाँगो टेडो तारा बनाइसकेँ। एस्तै एस्तै उनिहरुले भनेको सबै कुराहरु सकेर म घर आएँ। मलाई त्यो केटीको कुरा बाटो भरी याद आइरह्यो। उनिहरुको बिषयप्रती झनै उत्सुक्ता बढेर आयो। तेसै मनोबिज्ञान भनेका होइन रछन। नयाँ अनुभव बटुल्न पाएकोमा खुशी लाग्यो।        

                                                              and here comes psycho ;)

जाँच दिन जादा.....

जाँच दिने ठाउँ मलाई जैले पनि रमाइलो लाग्छ। धेरै मान्छे धेरै कुरा। एक दुई जाना मान्छे मैले बिर्सिनै नसक्ने थिए। जादा जादै बाटैमा एउटीले हल्का डोज दिन भ्याइहाली 'तिमी त क्लास आउँदैनौ हैन र, कसरी दिन्छौ हौ जाँच? हामी सधैं क्लास जाने लाई त डरले कस्तो भछ। मलाई च्वास्स भैहालो। हतोत्साहित भको हो कि हो कि जस्तो फील गर्दै क्लासतिर हिने। बाटामा एउटिले 'मलाई त institution भनेको के हो पनि आउँदैन' भनी। मैले पनि एसो सम्झिहेरेको मलाई पनि पो आउदो रैनछ। डर डर लागो तैपनी जे त होला भनेर क्लासमा पसेँ। जाँच सुरु भयो।
                                                             she is so me ;)

हाम्रो क्लास मा गार्ड पर्ने म्यामको पर्सानालिटी खत्रा थियो, स्वर उस्तै फेरी। एउटा केटोले सानो स्वरले, अझ  कामेको जस्तो पनि गरेर 'म्याम प्लिज तेस्तरी नबोल्नु न, मलाई कस्तो डर लाग्यो। पडेको कुरो पनि बिर्सें। म्याम प्लिज, बच्चे कि जान लोगे क्या? क्लासमा हासो को फोहोरा छुट्यो बिचरा म्याम अध्यारो हुनुभो।

म आफ्नै सुरमा लेखिराख्या थे पछाडि बाट मसिनु आवाज आयो। को रछ भनेर पछाडि हेरेको एक जोडी आसाले भरिएका आँखा देखेँ। हातले इसारा गरो। मैले अगाडिको पाना पल्टार यो? भनेर ईशारा गरेँ। उस्ले होइन भनेर फेरी हातले ईशारा गरो। अलिकती उस्ले देख्ने एङलतिर फर्कार लेख भन्न खोज्या रइछ। मैले पनि तेसै गर्दिये। खासमा म जाँचमा मान्छे हरुलाई सहयोग नै गरौं भन्ने मान्छे। हातले पुरै छोपेर कसैले हेरी पो हाल्ला कि जस्तो गरेर जिउ नै कपी मै घोप्टो पारेर लेख्न मलाई कैले आएन। सिकाउन त मन लाग्छ नि तर सही उत्तर आँफै पो तेत्ती सारो आउँदैन त। केटो मक्ख पर्दै हेरेर लेख्न थालो।    
     
म भन्दा २ बेन्च अगाडि एकजना निक्कै पाको उमेरको कपाल सेतै फुलेको दाजु हुनुन्थ्यो। बाहिर बाट अचानक तिनचार जना सर पसेर चिट चेक गर्न थाल्नुभो। ति दाजुको सर्ट भित्र कुन रङको गेस पेपर छ भनेर प्रस्टै देखिन्थ्यो। सरले 'भाई त्या के छ निकाल्नुस्!' भन्दा ति दाजु चै 'केइ पनि छैन, केइ पनि छैन' भन्दै हात हल्लाउदैथे। सर अली कड्केर बोलेपछी अमिलो मुख लाउदै दुइटा गेस पेपर निकालेर दिये। तेस्को एक्छिनमा अचानक ठाउँ सरेर पछाडि गर बसे। म्यामले आफ्नै ठाउँमा आर बस्नुस् भन्दा हात जोडेर' प्लिज म्याम मलाई त्या साह्रै जाडो भो, मलाई यही बस्न दिनुस्' भनेर रुनै खोजे। म्यामले पनि केइ भन्न सक्नु भएन। पछाडि गाको १० मिनेट नबित्दै दाजु चिट सहित पक्राउ परेर क्लास बाट निस्कासित भए।

जाँच सुरु भको भको २ घण्टा जती पछी म्याम को नजर मेरो कपी सार्ने केटामा परो। म्याम ले मलाई जोड्ले हप्काउनुभो 'कपी छोपेर लेख्नुस् बैनी नत्र म अगाडि सार्दिन्छु' मैले हतार हतार सरी म्याम भनेर कपी छोपेजस्तो गरेँ। आफुलाई आउने जती लेखेर सकिसक्या थेँ, एउटाको उत्तर अली कन्फ्युज भको भर मैले पैचो लाको केटोलाई सोधे। केटोले उत्तर भन्दियो तर साथमा 'म पनि सियोर छैन मिलेन भने गाली नगर ल' भनेर वार्निङ पनि दियो। म उस्लाई सोध्दै लेख्दै गर्दैथे म्यामको नजर परी त हालो। म्यामले 'अब चै बैनी म साच्चै अगाडि सार्दिन्छु' भनेर थर्काउनुभो। मैले सानु स्वरले 'म्याम अब त कपी नै खोस्दिनु भो भने पनि पास हुन्छु' भने। म्यामले सुनी त हाल्नु भएछ हल्का लुक दिहाल्नु भो तर ठाउँ चै सार्दिनु भएन धन्न।

एस्तै गर्दै गर्दै ४ घण्टा बितार कपी बुझार म बाहिर निस्के। बाहिर निस्केर एस्सो केटोले सिकाको वाला उत्तर चेक गरेको गल्ती रइछ :(              

Total Pageviews