मन्दिर


धेरै तिर्थ र मन्दिर गरेपछी
थकित म,
जब आफ्नु घर भित्र पसेँ
तब मात्र लाग्यो,
म बल्ल मन्दिर पसेँ।

गुण























म तिम्रो अघिल्तिर थिएँ।
तिमी सुनाउदैथियौ मलाई
तिमीले खोज्ने गुणहरु,
तिम्री स्वप्न सुन्दरीमा


तिमीले भनेका गुणहरु
खोजेँ आफुमा,
तिमीले थाहा नपाउने गरी

ति कुनै म मा भेटिन
अनी,
तिमीतिर फर्केर मुसुक्क हासेँ,
र सुन्न थाले
म मा नभएका गुणहरु.........

Total Pageviews