छत

















सधैं ढिला भयो
तिमीलाई स्कुल पुग्न
करण,
म समयमा पुग्थेँ
तिम्रो हात समाएर

उस्बेला ताते हिंड्न थाल्दा
समाएको मेरो हात
आज सम्म छोडेकी छैनौ
त्यसैले त आजपनि
सही गन्तब्यमा पुग्छु म
तिम्रो हात समाएर

कसैलाई भन्न नसकेका कुरा
तिमीलाई भन्छु
तिमीसँग बसेर हाँस्छु
तिम्रै काखमा घोप्टेर रुन्छु
जब तिमी मलाई बिस्तारै सुम्सुम्यौछौ
फकाउछेउ माया गरी
तब लाग्छ म कती खुशी छु
तिम्रो छाया मुनी।

Total Pageviews