पुल













तिमी पारी जान चाह्यौ
मैले आफ्नु कपाल बिच्छ्याइदियें
पारी पुगेपछी तिमी हास्यौ र,
मेरो कपालको टुप्पोमा
आगो सल्काएर हिड्यौ

धेरैपछी तिमीलाई पारी देखेँ
र देखेँ तिम्रा आँखा,
याचनाले भरिएका
वारी तर्न पुल खोजिरहेका
मलाई हेरिरहेका

निरुपाय मैले तिमीतिर हेरेँ  
अनी आफुले ओडेको कालो ओड्ने,
हटाइदिएँ शिरबाट
अचानक तिमी होश हराएजस्ता भयौ।















also see
bhangbari
satamedi
diteez

म उस्लाई मन पराउन सक्दिन

उ सुन्दर छे
को होला र,
मन नपराउने
हाँस्दा पर्ने उस्का गालाका खोपिल्टा

उस्ले मलाई चिनेकी छे
चिनाएको तिमीले नै हो
अप्ठ्यारो मान्दै,
साथीको नाता लगाएका थियौ
उ मलाई हेरेर हाँसि
म पनि हाँसिदिए फिस्स

कसैले उस्लाई राम्री भन्दिदा
म हो मा हो मिलाउन सक्दिन
जब देख्छु उस्को सिउदोको सिन्दुर
तिमीले दिएको, तिम्रो नामको
अनायसै,
उस्का गालाका खोपिल्टा
काला गुफामा परीणत हुन्छन
सुन्दरता बिलाएर कुरुप बन्छ
र,
म उस्लाई मन पराउन सक्दिन।
















Also see:
Satamedi
Diteez
Yug zee Tah
Bhangbari



Total Pageviews