आउँदैनौ र?




तिमी र मैले संगै रोपेको मायाको बिरुवा
पात नभाको सिन्को जस्तो
तैपनि हार नखाई मल  लायौं पानी हाल्यौं
दुवै मिलेर |
बिस्तारै मुना पलायो पात बढ्यो
र सबैतिर हरियो भयो |

वर्ष बिते मौसम बदलियो
र बदलियो हाम्रो माया
तिमीले आफ्नु अड्डी लिदा
मैले कहाँ झुक्न माने र?
तिमीले भनेका कुराहरु
मैले कहाँ सहि ठाने र?

आफ्नु दुनियामा रमाउदा रमाउदै
आफुलाई ठुलो बनाउदा बनाउदै
बिर्सिएछु त्यो बिरुवा
हालिनछु त्यसमा पानी
झस्किएर दौडिएर गइ हेर्दा त
मरिसकेछ! सबै पात झरिसकेछ !

सुकेको सिन्को हेर्दै सोचें
तिमी फर्किने अनि येस्मा पात पलाउने
सम्भावना उत्तिकै छ सायद
फेरी हाल्न थाले पानी र पर्खिन थाले
तिमीलाई र पातलाई |

तर मेरो माया ले दुबैलाई छोएन
मेरो आँसु देख्दा दुबैको मन रोएन
न त त्यो सिन्कोमा फेरी पात पलायो
न त तिम्रो ढुंगाको मनमा माया
रिसले उखेलेर फ्याँके त्यो सिन्को
र रसिला आँखाले हेरिरहें |

तिमी पनि आएर हेर प्रिय,
कसरी जित्यो तिम्रो घमण्ड
र हार्यो मेरो माया |




Total Pageviews